Saturday 6 June 2020

कसले बोलाउँछन् त चितुवालाई काठमाडौँ

नबोलाई आउँदैन ! कसले बोलाउँछन् चितुवालाई काठमाडौँको मानब वस्तीहरुमा ?

 

मैले चितुवामा अनुसन्धान गर्न थालेको - वर्ष मात्र भएको   चितुवालाई अझै बुझ्न प्रयास गरिरहेको छु यो सबै चन्द्रागिरी-चम्पादेवी डाँडाको जंगलबाट सुरु भयो जतिबेला त्यहाँ केबलकार बनिसकेको थिएन त्यहाँ नियमित जस्तो पदयात्रामा जान्थें त्यसै क्रममा शिवपुरी, नागार्जुन, फुलचोकी, सुर्यविनायक नगरकोटका जंगलहरु पनि घुम्न थालें यी सबै ठाउँहरुमा जाँदा चितुवाको गन्ध पद्छाप जस्ता विभिन्न संकेतहरुले मलाई असाध्यै आकर्षित गर्थे जसको कारण बेला-बेला समुहबाट एक्लै हुन्थें   मेरा साथीहरुलाई यस्तोको कुनै मतलब हुँदैन थियो यिनै यात्राहरुले मलाई महसुस गराउन थाले सायद चितुवाले मलाई बोलाई रहेको पो हो कि भनेर !

 

  

   

कुकुरको झुण्डले लखेटेपछि रुखमा चढेर बसिरहेको चितुवा, चितुवाले एउटा कुकुर मारेर खाइरहेको थियो गोठाटार काठमाडौँ (Photos: The Kathmandu Post)

 

मैले इन्टरनेटमा चितुवा सम्वन्धि थप खोजहरु गर्न थालें विभिन्न लेखहरु पढ्न थालें चितुवा सम्वन्धि डकुमेन्ट्रीहरु पनि हेर्न थालें त्यस्तैमा भारतको मुम्बईमा क्यामरा ट्रयापमा कैद भएका चितुवाका तस्वीर भिडियो फुटेजहरुले मलाई बडो अचम्मित तुल्याए खोज गर्दै जाँदा डा. विद्या अथ्रेयाको बारेमा जान्ने मौका पाएँ उनले भारतमा, बिशेष गरि महारास्त्र प्रान्तको मानब वस्तीहरुमा, चितुवाको धेरै अध्ययन गरेका रहेछन् त्यहाँ चितुवा मानव बिचको द्वन्द न्यूनीकरण गर्ने कार्यविधि तयार गरि त्यसको  कार्यान्वयन गर्न उनले ठुलो भूमिका खेलेका छन् उनका लेखहरु अरुहरुका लेखहरु भन्दा धेरै भिन्न पाएँ हामी चितुवा जस्तो ठुलो मांसाहारी जनावर सिथ पनि द्वन्द ननिम्त्याइ सहअस्तित्व कायम गरि बस्न सक्छौँ यसको लागि हामीले चितुवामा बढी जोड दिनु भन्दा आफ्ना आनीबानी घरपालुवा जनावरहरुको सुरक्षा प्रति अझ बढी ध्यान दियौं भने चितुवा सिथको अन्तरक्रियाको न्यूनीकरण गर्न सकिन्छ यसले द्वन्दको समाधान गर्नमा मद्दत पुर्याउंछ मानव चितुवा सम्बन्धका बारेमा बिद्याबारिधि गरेका उनको बौद्धिकता बिचारधारा एकदम फरक प्रकारको पाएँ चितुवालाई एकदम नजिकबाट बुझेको मान्छेमा मात्र त्यस्तो खालको बुझाई हुन सक्छ जस्तो मलाई लाग्छ उनका यी दर्शनलाई ध्यानमा राखी मलाई काठमाडौँमा पनि त्यस्तै किसिमको अनुसन्धान गर्नुपर्ने आवश्यकता बोध हुन थाल्यो

      

   

भारतको मुम्बईमा क्यामरा ट्रयापबाट खिचिएका चितुवाका केहि तस्विरहरु कुकुर र कुखुरा शिकार सहितको तस्विरहरु (Photos: Steve Winter and Nikhit Surve)

 

यसैमा सन् २०१८ मा मलाई बेलायतको रुफर्ड फाउन्डेसनबाट काठमाण्डौं उपत्यका वरपरका जंगलहरुमा चितुवा सम्वन्धि अनुसन्धान गर्न एउटा सानो आर्थिक सहयोग हासिल भयो   यहींबाट मैले औपचारिक तवरमा चितुवाको अनुसन्धान गर्ने आफ्नो यात्राको सुरुवात गरें यसका लागि आफ्नो अनुसन्धान टोलीसंग फेरी तिनै जंगलहरुमा डुल्न थालें,  चितुवाकोगुखोज्न हो सहि सुन्नु भयो – ‘गुअर्थात् आची, दिसा, गोबर - तपाईलाई सहज लाग्ने शब्द टिप्नु होला ! हामीले चितुवाको आनीबानी बुझ्नको लागि उसलाई पछ्याई रहन जरुरी छैन उसले गरेको दिसाको नमुनालाई प्रयोगशालामा अध्ययन गरेर त्यो कुन चितुवा हो त्यसले के के खाएको रहेछ भनेर पत्ता लगाउन सकिन्छ उम्कन निपुण हुने बिराला प्रजातिका जनावरहरुको अध्ययन गर्ने अनुसन्धानकर्ताहरुको लागि यो एउटा एकदम उपयोगी वैज्ञानिक विधि पनि हो किनभने हामीले यिनको दिसामा रहेको डीएनएबाट यिनीहरुको पहिचान गर्छौ त्यति मात्र नभएर चितुवाले खाएका जीवजन्तुका डीएनए पनि उसको दिसामा रहने हुनाले हामीले यिनीहरुले के-कस्ता आहारा प्रजातिहरु खाए भनेर पनि जान्न सक्छौँ यसैगरि चितुवालाई नदेखिकन वा नसमाईकन, केवल यिनका दिसाबाट डीएनए जाँच गरेर एउटा जंगलमा कतिवटा चितुवा रहेछन् भनेर पनि जान्न सकिन्छ उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेर गरिएको चितुवाको यो पहिलो अनुसन्धान हो

 

 

के खान्छ चितुवाले ?

उक्त अनुसन्धानको क्रममा चितुवाका करिव २० वटा जति दिसाहरु अध्ययन गर्दा यिनीहरुले बढीजसो गाईवस्तु, कुकुर कुखुरा खाने गरेको भेटियो   किर्तिपुरमा अस्ती मात्रै एउटा कुखुरा फार्ममा थापेको पासोमा चितुवा पर्यो कुखुरा हराउन थालेर स्यालले लग्यो भन्ठानेर पासो थाप्दा असली चोर चितुवा पो रहेछ त्रि.वि. परिसरको जंगल क्षेत्रमा पनि चितुवाले गाईवस्तु कुकुर खाइरहेको भनेर अलि अगाडी मात्रै समाचारहरु आएका थिए  काठमाडौँ भरि छाडा अवस्थामा थुप्रै गाईवस्तुहरु छोडीएका छन् सामुदायिक कुकुरहरु पनि जता ततै छन् रिंगरोड बाहिरका क्षेत्रहरुमा साना तथा ठुला व्यवसायिक कुखुरा फार्महरु प्रसस्तै छन् यी सबै कारकहरुलाई हेर्दा काठमाडौँको मानब वास्ति चितुवाको लागि एउटा शिकार गर्ने भुमि जस्तै भएको अवस्था

काठमाडौँमा यी घरपालुवा जनावरहरु नै चितुवाको मुख्य आहारा भइसकेको देखिन्छ तर हाम्रो अनुसन्धानमा कम मात्रमा भएपनि  मुख्य जंगली आहारा चाहिँ रतुवा मृग देखिएको छ बँदेलको संख्या यी जंगलहरुमा प्रशस्त भएको हुनाले बँदेल धेरै खान्छन् होला भन्ने सोचेको थिएँ अनुसन्धानको दौरान  पनि एकदिन भस्मासुर डाँडामा करिब - वटा  बँदेलको झुण्डसित  जम्काभेट हुँदा मलाई एकदम डरलाग्दो अनुभव भएको थियो त्यहाँ देखेका बँदेलहरु मलाई  निकै ठुला लागे, आक्रमण गरे सजिलै मान्छे मर्न वा सख्त घाइते हुन पनि सम्भब निकै बलवान् मार्न गाह्रो हुने भएको कारणले यी बँदेलहरुलाई चितुवाले हत्तपत्त शिकार गर्दैनन् होला । बाँदरहरु पनि प्रसस्तै छन् यी जंगलहरुमा तर यिनलाई खाएको प्रमाण पनि हाम्रो अध्ययनमा देखिएन ।

 

   

(वायाँ) चितुवाले गाई खाइरहेको अवस्था, सुर्यविनायक भक्तपुर (Photo: Youtube)

(दायाँ) चितुवाले खाएको गाईको सिनो अवशेष, बडिखेल ललितपुर (Photo: Prajwol)

चितुवाले केहि भाग खाएर झाडीमा लुकाएर राखेको  रतुवा, चितुवाले एउटा शिकारलाई ३-४ दिन लगाएर खान्छन् । शिवपुरी । (Photo: Suman Bhandari)

 

रतुवा कसले खान्छ ?

यो अनुसन्धानले स्पष्ट संकेत गर्यो कि काठमाडौँ वरपरका जंगलहरुमा चितुवाको लागि मुख्य जंगली आहारा प्रजाति चाहिँ रतुवा मृग रहेछ । तर यी जंगलहरुमा रतुवाको संख्या कम छन्, त्यसको मुख्य कारण रतुवाको निक्कै चोरी शिकार हुने गरेको छ दक्षिण ललितपुरको विभिन्न गाउँवस्तीमा रहेका होमस्टेहरुमा दुई-तीन दिन अगाडी खबर गरेमा मृग, बँदेल कालिजका मासुको सजिलै बन्दोबस्त हुने कुरा मैले एकदिन त्यतैतिरको दल्चोकीमा यात्रा गर्ने क्रममा सोहि रूटमा चल्ने बसमा आएका अरु यात्रीहरुको कुराकानीबाट थाहा पाएको थिएँ यसले त्यहाँ वन्यजन्तु शिकारको बिगबिगी रहेको संकेत गर्छ मैले चन्द्रागिरी डाँडाको दक्षिण पट्टिको जंगलमा एक्लै पदयात्रामा जाँदा सुनेको बन्दुक पड्केको आवाजले पनि यसलाई थप प्रष्ट गर्छ नेपालको कानुनले यसरी वन्यजन्तुको शिकार गर्न बन्देज गरेको भएपनि यस्ता गैरकानुनी कार्यहरु गाउँ-घर तिर बेरोकटोक भइरहेको हुन्छ तर यसका मुख्य कारक चाहिँ शहरी क्षेत्र नै हुन् भन्छन् जहाँ केहि पहुँच भएका मानिसहरुले यस्ता जंगली जनावरको मासुको सौख र माग राख्छन् र यस्ता अवैध कार्यलाई टेवा पुर्याइ रहेका हुन्छन्

 

     

(वायाँ) रतुवा तस्करमा समातिएका मानिसहरु, सल्यान जिल्ला । (Photo: Kantipur)

(दायाँ) बीच बजारको एउटा मासु पसल अगाडी बंदेललाई ह्याम्मरले हानेर मारिरहेको, बालाजु काठमाडौँ । (Photo: Facebook)

 

के चितुवाले साचैँ आतंक मच्चाएको हो ?

जंगलमा रहेका आहारा प्रजातिहरुको चोरी शिकार नरोकिनु साथै मानबवस्ती वरिपरी प्रशस्त संख्यामा गाईका बाच्छाहरु छाडा छोडिनु बढ्दो सामुदायिक कुकुरहरु हुनुले नै चितुवाहरु काठमाडौँको घना वस्तीहरुमा पटक पटक आउने गरेका हुन् काठमाडौँ शहरमा बेला बेला चितुवा किन कसरि आयो भनेर तपाई अझै घोत्लिनु हुन्छ भने अब स्पष्ट के हुनुहोस् भने  ति चितुवाहरुलाई यहाँ आउन बाध्य पार्ने अरु कोहि नभएर हामी मानिसहरु नै हौँ चितुवाहरुले जंगलमा खाने आहारा प्रजातिहरु हामीले मासिरहेका छौँ,  शहरमा गाईको बाच्छा कुकुरको उचित व्यवस्थापन गर्नमा हामीले खासै जोड दिदैनौँ अनि बाध्य भएर वस्तीमा आहाराको खोजीमा आउने चितुवालाई चाहिँ हामीले चितुवाको आतंक भनेर प्रस्फुटन गर्न पछि हट्दैनौँ । अनि यसरी कति चितुवाको संहार हामीले गरिसक्यौँ । अब आफै भन्नुस् को रहेछ आतंक मच्चाउने ?

 

  

(वायाँ) सामुदायिक कुकुर हरु , काठमाडौँ भरि हजारौंको संख्यामा कुकुर छन् । (Photo: Sneha’s Care)

(दायाँ) जंगलमा घुमिरहेको गोरुको झुण्ड । (Photo: Prajwol)

 

के उपायहरु अपनाउने ?

·     कुखुरा व्यवसायीहरुले अलि थप लगानी गरेर खोर बलियो बनाउने । आज भोलि विदेशी कालिज तथा टर्की प्रजातिका चरा पालन गर्ने व्यवसायिक फार्महरु पनि छन् । यस्ता व्यापारी र व्यवसायीहरुले पनि आफ्नो करोडौंको लगानीमा २-३ लाख बढी खर्च गरेर खोर बलियो बनाउने । झुल जस्तो जाली राखेर पाल्दा कम खर्च होला तर यस्तो खोरमा चितुवा तथा स्याल, बन बिरालो, निर्बिरालो जस्ता मांसाहारी जनावर सजिलै छिर्न सक्छन् । अनि करोडौंको घाटा व्यहोर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले बेलैमा सचेत भएर खोर बलियो किसिमले बनाउने । स्टिल तथा अरु मेटलको जालीले घेरेर बनाउदा उत्तम हुन्छ । उदाहरणको लागि चिडियाखानाको चराहरुको खोर हेर्दा हुन्छ (तल तस्विर हेर्नुस्) ।

  

विदेशी कालिज प्रजातिको फार्म । झुल जस्तो जाली प्रयोग गरिएर बनाएको खोरमा चितुवा छिरेर थुप्रै कालिजहरु मारिदिए । कास्की जिल्ला (Photo: Mero Sathi TV)

जावलाखेल को सदर चिडियाखानामा चराहरु राखिएको खोर । (Photo: Prajwol)

·     गाई, भैंसी, बाख्रा जस्ता चौपायाहरुको खोर पनि बलियो सिथ बनाउने । चितुवा छिर्न नसक्ने किसिमले सबै तिर स्टिलको जालीले घेरा हालेर बनाउने ।

·     फोहोर व्यवस्थापनको लागि आफ्नो स्थानीय तहलाई पहल गर्ने, बिशेष गरि खोला-नाला वरीपरिको क्षेत्रमा । यस्ता ठाउँमा गाई, साँढे, बाच्छा, सुँगुर तथा कुकुरहरुको हुल भेला हुने गर्छन् । अनि चितुवालाई आकर्षित गर्नमा मद्दत पुर्याईरहेको हुन्छ ।

·     मृग, बँदेल र कालिज जस्ता जंगली जनावरको मासु नखाने, नकिन्ने, नबेच्ने र नमगाउने । यस्तै कार्यले गाउँघरमा जंगली जनावरको शिकारलाई टेवा पुर्याउछ र चितुवाको आहारा प्रजातिहरुको संख्या घट्दै जान्छ । जसको कारण चितुवा शहर तथा गाउँको वस्तीहरुमा आहाराको खोजिमा आउन वाध्य हुन्छन् ।

·       चितुवा देखिए वा आइहालेको खण्डमा आफु जान्ने भएर चलाउन तथा जिस्काउने नजाने । छिमेकीहरुलाई खबर गरेर घर भित्रै सुरक्षित बस्ने । तुरुन्तै प्रहरी प्रसासनलाई खबर गर्ने । उनीहरुले सम्बन्धित निकाय – सदर चिडियाखाना, वन विभाग अथवा निकुन्ज विभागलाई खबर गर्छन र उद्धार टोलीको कार्यलाई सहज पार्नको लागि आफुहरु भिड नगरिकन घर भित्रै बस्ने । चितुवा कहिले देखेको छैन भने सदर चिडियाखानामा गएर हेर्ने । चितुवालाई हामीले केहि गरेन भने उसले हामीलाई झम्तिन आउदैन, उसले आफ्नो सुरक्षाको निम्ति मात्रै हामीलाई आक्रमण गर्छन् । त्यसैले आफू हिरो हुन नखोज्ने !

·     सबै चितुवालाई उद्धार गरिरहन जरुरि नपर्न सक्छ, यदि हामीले केहि गरेनौ भने ऊ आफै बाटो लाग्न पनि सक्छ , त्यसैले चितुवा देख्ने बित्तिकै आत्तिहल्नु पर्दैन । उसलाई केहि नगरेसम्म हामीलाई आक्रमण गर्न आउंदैन । बिशेष गरि आफु सतर्क भएर बस्ने ।

·       घर वरिपरी बत्ती बालेर उज्यालो राख्ने । साँझ तथा बिहानी अँध्यारोमा एक्लै नहिंड्ने । अँध्यारोमा हिंड्दा सधैँ टर्च बालेर हिंड्ने । यो बिशेष गरि उपत्यकाको डाँडा र जंगल नजिकको वस्तीहरुमा घर भएकाहरुले ध्यान दिनु पर्ने बुंदा हो ।

आफै जागरण भएर सजग होऔं र चितुवा सिथ सहअस्तित्वमा रहन पहल गरौँ

हामीले चितुवामा भन्दा आफ्नो आनीबानी र चौपायाहरुको सुरक्षामा बिशेष जोड दिन जरुरि छ (Graphics: Arjun Shrivastava)

 

अन्त्यमा

चितुवालाई विशेष गरि मध्यपहाडी भू-भागका वनजंगलको पर्यावरण प्रणालीको स्वास्थ्य मापन गर्ने सूचकको रुपमा लिन सकिन्छ हामीले चितुवा यसको आहारा प्रजातिहरुको संरक्षण गर्यौं  भने मात्र यी वनजंगलहरुको सहि जगेर्नामा टेवा पुग्नेछ हाम्रा भावी सन्ततिहरुले सदियौँसम्म यी हरिया वनहरुलाई नेपालको धन भनेर किन भनियो भन्ने कुरा बुझीरहने छन्

 

काठमाडौँ उपत्यकामा हाम्रो अनुसन्धान र पत्रपत्रिकामा रिपोर्ट भएका चितुवा भेटिएको स्थानहरु अंकित नक्सा । (Map: Prajwol)

 

सन्दर्भसामग्रीका लिंकहरु :

·       मुम्बईको चितुवाबारे लेख : http://wcsindia.org/home/2019/11/04/in-mumbai-leopards-are-citizens-too/

·       कीर्तिपुरमा चितुवा उद्धार :  https://ekantipur.com/news/2020/05/29/159073747242332236.html

·       उद्धार पछि वनमा छोडिएको चितुवा : https://pahilopost.com/content/20200529141159.html

·       त्रि.वि. परिसरमा चितुवा :  https://deshsanchar.com/2020/05/05/351416/

·       सुर्यविनायक मा देखेको चितुवा : https://www.youtube.com/watch?v=u5CjfucF49E

·  काठमाडौँको बीच बजारमा मारिएको बँदेल : https://animalnepal.wordpress.com/2014/01/14/animal-nepal-launches-campaign-against-cruel-wild-boar-killing/

·       पोखराको कालिज फार्ममा चितुवा : https://www.youtube.com/watch?v=3Cti-LbU8z0


***